२१ असार २०८३, आइतबार

नारायणी नदीको भरतपुरतर्फ २० किलोमिटर तटबन्धन

बैशाख २३, २०८२
काठमाडौं
नारायणी नदीको भरतपुरतर्फ २० किलोमिटर तटबन्धन

नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर क्षेत्रमा तटबन्धनको काम सम्पन्न गरेको छ । नारायणी नदी  पुलबाट दक्षिणतर्फको ३५ किलोमिटरमध्ये २० किमी सम्पन्न भएको र बाँकी १० किमीमा तटबन्धनको काम अन्तिमचरणमा रहेको आयोजनाले जनाएको छ । 

पाँच किलोमिटरका दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारी र एउटा प्याकेजको बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर प्रकाश लम्सालले जानकारी दिए । उनका अनुसार यसअघि जनताको तटबन्ध कार्यालयले १० किमी र नाम परिवर्तन भएसँगै  यो आयोजनाले अरु काम गरेको हो । 

रु २५ करोडको लागतमा तीनवटा प्याकेजबाट काम गर्न लागिएको सूचना अधिकारी लम्सालले बताए । 

कमेन्ट गर्नुहोस्