०३ असार २०८३, बुधबार

बारामा गाई फार्म चलाएर बसेका दम्पतीको विभत्स हत्या

मंसिर १६, २०७४
बारामा गाई फार्म चलाएर बसेका दम्पतीको विभत्स हत्या

बारा, १६ मंसिर -जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । 

सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो । 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ । गएराति नै सुवेदी दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्