३१ असार २०८३, बुधबार

पूर्वराजाको सचिवालयले भन्यो– ज्ञानेन्द्रलाई नजरबन्द गरिएको छैन

बैशाख २८, २०८२
काठमाडौं
पूर्वराजाको सचिवालयले भन्यो– ज्ञानेन्द्रलाई नजरबन्द गरिएको छैन

 पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजाको संवाद सचिवालयले खण्डन गरेको छ ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजालाई निर्मल निवासमै नगरबन्द गरिएको भन्ने खबरको कुनै सत्यता नरहेको बताए । 

‘...ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा  कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति भनेका छन् । 
 पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेकै बेला पूर्वराजालाई सरकारले नजरबन्द गरेको हल्ला फैलिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्