२२ असार २०८३, सोमबार

जीबी राई कहाँ छन् भनेर अहिले भन्न मिल्दैन- गृहमन्त्री लेखक

बैशाख ३१, २०८२
विराटनगर
जीबी राई कहाँ छन् भनेर अहिले भन्न मिल्दैन- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारले मानिसको मुख हेरेर नगर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले मुद्दाका आधारमा मान‍िस पक्राउ गर्ने बताए । 

सहकारी प्रकरणमा जोडिएका जीबी राई, प्रतिनिधिसभा सदस्य गीता बस्नेत लगायत कहिले पक्राउ पर्छन् भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् । 

‘छिटो समात्यो भनेपनि प्रश्न उठ्छ’, उनले भने, ‘ढिलो समात्यो भने पनि अझै किन नसमाएको भनेर प्रश्न उठ्छ ।  गर्ने चाहिँ के हो त ? समात्ने कि नसमात्ने त ?’

कुनै एउटा केशमा केही भएको भन्ने मात्रै उनले जवाफ दिएका छन् ।  उनले थपे  ‘सामान्यतयाः अदालतले पूर्जी जारी गर्ने बित्तिकै त्यो मानिसलाई समात्नुपर्छ । कोही मानिस समातिएको छैन भने हामी समात्नतिर जान्छौं । कसैलाई समात्ने र कसैलाई नसमात्ने कुरा हुँदैन । जीबी राईको बारेमा पनि कुरा उठेको छ । यसको विषयमा सरकारले, गृह मन्त्रालयले गर्ने काम गरिरहेको छ । यिनी कहाँ छन् ? अहिलेसम्म के भएको छ, कसो भएको छ भनेर मैले अहिले नै भनिहाल्ने कुरा हुँदैन ।’

उनले आफू मन्त्री भएर आइसकेपछि राजस्वमा वृद्धि भएको पनि दाबी गरेका छन् । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा पुगेका मन्त्री लेखकले कोशीमा पहिचान स्थापित गर्नुपर्छ भन्ने खालको विचार उठेको बताएका छन् । 

ताप्लेजुङमा केबलकार बनाउनु हुन्न भन्ने वा त्यसलाई एक ढंगले लिनुपर्छ भन्ने कुरा पनि उठेका गृहमन्त्री लेखकले बताए । शान्ति सुरक्षाका स्थितिमा गम्भीर चुनौती नरहेको उनले स्पष्टीकरण दिए ।

पूर्वराजावादीहरूले फेरि राजतन्त्र ल्याउने भनेर गरिरहेका गतिविधिको पनि समीक्षा भएको उनले बताए ।  ‘यसलाई राजनीतिक रूपले पनि सामना गर्नुपर्छ । प्रशासनिक हिसाबले पनि संविधानको रक्षा गर्ने, व्यवस्थाको रक्षा गर्ने काममा सरकार लाग्छ भन्ने हामीले निकर्ष निकालेका छौं’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्