२६ असार २०८३, शुक्रबार

भारत-पाकिस्तान तनावका स्थगित आईपीएल आजदेखि पुन: शुरू हुँदै

जेठ ३, २०८२
काठमाडौं
भारत-पाकिस्तान तनावका स्थगित आईपीएल आजदेखि पुन: शुरू हुँदै

भारत-पाकिस्तानबीचको तनावका स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल आजदेखि शुरू हुँदैछन् ।

आज रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् । अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ ।

हालसम्मको अंकतालिकामा गुजरात टाइटन्स १६ अंकसहित शीर्षस्थानमा छ। बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ । पञ्जाब किङ्स १५ अंकसहित तेस्रो र मुम्बई १२ खेलमा १४ अंकसहित चौथोस्थानमा छन् ।

यस्तै, दिल्ली १३ अंकसहित पाँचौँ, कोलकाता ११ अंकसहित छैटौँ र लखनउ १० अंकसहित सातौँ स्थानमा छन्। ​यस्तै हैदराबाद ७ अंकसहित आठौँ, राजस्थान  ६ अंकसहित नवौँ र चेन्नई १२ खेलमा ६ अंकसहित १०औँ स्थानमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्