१६ असार २०८३, मंगलबार

काभ्रेमा करेन्ट लागेर १ जनाको मृत्यु

जेठ ३, २०८२
काठमाडौं
काभ्रेमा करेन्ट लागेर १ जनाको मृत्यु

काभ्रेमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाहीको लालबन्दीका अन्दाजी २८ वर्षीय उपेश परियार रहेका छन् ।

शनिबार बिहान ११:३० बजेको समयमा धुलिखेल नगरपालिका ७ सञ्जीवनी चोकस्थितमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी ​निरीक्षक हरेराम नेपालको कमान्डमा २५ जनाको टोली खटिएको थियो। 

उनको शव पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्