२२ जेठ २०८३, शुक्रबार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जेठ ४, २०८२
काठमाडौं
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

अछाममा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबलबहादुर थापा रहेका छन् । उनलाई प्रहरीले शनिबार बेलुकी पक्राउ गरेको हो । 

थापाले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैबीच, दाङमा ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बुढाथोकीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्