२९ असार २०८३, सोमबार

पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण

जेठ १०, २०८२
काठमाडौं
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ  पटक सफल आरोहण गरेका छन् । उनले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । 

इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गरेका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गरेका थिए । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उनले बताए ।  

“आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भने । आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उनले जानकारी दिए । 

हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताए । 

salt training

कमेन्ट गर्नुहोस्