२७ जेठ २०८३, बुधबार

अफताब आलमलाई रिहा गर्न अदालतको पत्र कुर्दै नख्खु कारागार

जेठ १४, २०८२
काठमाडौं
अफताब आलमलाई रिहा गर्न अदालतको पत्र कुर्दै नख्खु कारागार

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा सफाइ दिएपछि कांग्रेस नेता मोहम्मद अफताब आलम रिहा हुने भएका छन् ।

रौतहट जिल्ला अदालतले यो मुद्दामा जन्मकैदको फैसला सुनाएपछि आलम हाल कारागार कार्यालय, नख्खु ललितपुरमा जेल जीवन बिताइरहेका छन् । तर, बुधबार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिने निर्णय गरेकाले अब उनी रिहा हुनेछन् ।

नख्खु कारागारका जेलर भीम कोइरालाका अनुसार अदालतको पत्र आएपछि आलमलाई रिहा गरिनेछ । कोइरालाले भने, ‘उहाँ (आलम) अहिले नख्खुमै हुनुहुन्छ, उच्च अदालतले सफाइ दिएको पत्र आउनेबित्तिकै उहाँलाई छाड्छौं ।’ 

मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । 

तर, आलमसहित ४ जनाको हकमा उक्त फैसला उल्टिएको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीले लोकान्तरलाई जानकारी दिए ।

आलमका अलवा महताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीले पनि सफाइ पाएको भण्डारीले बताए । 

२०६४ को संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको अभियोग आलममाथि थियो ।

salt training

कमेन्ट गर्नुहोस्