३० जेठ २०८३, शनिबार
राजस्व र व्ययको वार्षिक अनुमान

आगामी आर्थिक वर्षको बजेट आज, दिउँसो ३ बजे अर्थमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने

जेठ १५, २०८२
काठमाडौं
आगामी आर्थिक वर्षको बजेट आज, दिउँसो ३ बजे अर्थमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट आज (बिहीबार) सार्वजनिक हुँदै छ । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले मंगलबारदेखि सदन अवरुद्ध गरेका गर्दै आएका छन् । तर, उनीहरूले बजेट ल्याउन भने दिने निर्णय गरेका छन् । 

अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुअघि संसद्मा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम रहेको छ । 

बजेट वक्तव्यसँगै अर्थमन्त्रीले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्ने छन् । 

नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्यसहित बजेट ल्याउने सरकारको तयारी छ । 

आगामी बजेटमा कर्मचारीको तलब वृद्धि हुने सम्भावना छ । सरकारले कर्मचारीको आधारभूत तलब १० प्रतिशत वृद्धि गर्ने र महंगी भत्तालाई निरन्तरता दिने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ । 

यसले निजामती, सुरक्षाकर्मी, शिक्षकसहित करिब ५ लाख बहालवाला कर्मचारीलाई लाभ पुग्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्