
अर्बपति एलन मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च कटौती कार्यदल सरकारको दक्षता विभाग (डज)को नेतृत्वबाट अलग भएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्।
मस्कले यस वर्षको शुरूदेखि स्थापना गरिएको डजको नेतृत्व मस्कलाई दिएका थिए । ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए। 'विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई व्यर्थ खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,' उनले लेखेका छन्, 'डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ।'
ह्वाइट हाउसका एक अधिकारीले पनि मस्कको राजीनामा पुष्टि गरेको बीबीसीले जनाएको छ ।
हालै, मस्कले ट्रम्पको एउटा विधेयकको निन्दा गरेका थिए, जसलाई ट्रम्प आफैंले धेरै सुन्दर विधेयकको रूपमा वर्णन गरेका थिए । यस विधेयकमा कर कटौतीजस्ता प्रावधानहरू समावेश छन् ।