०४ असार २०८३, बिहीबार

सीआईबीको डीएसपी हुँ भन्दै ठग्न थालेपछि...

जेठ १५, २०८२
काठमाडौं
सीआईबीको डीएसपी हुँ भन्दै ठग्न थालेपछि...

सीआईबीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन् ।

उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । अनिलले आफू सीआईबीको डीएसपी हुँ भनी जबर्जस्ती करणीको मुद्दा मिलाइदिन्छु भनेर ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा सीआईबीबाटै खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो । ​

उनीउपर ठगी गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्