२२ असार २०८३, सोमबार

विदेशी विद्यार्थीलाई नेपालमा निःशुल्क प्रवेशाज्ञा दिइने

जेठ १५, २०८२
काठमाडौं
विदेशी विद्यार्थीलाई नेपालमा निःशुल्क प्रवेशाज्ञा दिइने

सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।  

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्‌‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो । 

नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो । 

यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ । विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्