३० असार २०८३, मंगलबार

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

जेठ १६, २०८२
काठमाडौं
जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिएका छन्। जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले  सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उनले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए । “जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ”, उनले भने, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु । तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।”

मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्