२२ असार २०८३, सोमबार

बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

जेठ १८, २०८२
विराटनगर
बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । 
    
बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

उनीहरू साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख, प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्