३० असार २०८३, मंगलबार

७ सहसचिवको सरुवा : कास्कीसहित ४ जिल्लाका सीडीओ फेरिए

जेठ १८, २०८२
काठमाडौं
७ सहसचिवको सरुवा : कास्कीसहित ४ जिल्लाका सीडीओ फेरिए

​गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा गरेको छ । उनीहरूको यही जेठ १६ गते सरुवा भए पनि आज सरुवाको पत्र थमाइएको हो ।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव छवि रिजालका अनुसार बर्दिया, कास्की, धनुषा र पाँचथरमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाइएको छ ।

बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालय पठाइएको जानकारी रिजालले दिए ।

उनका अनुसार कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।

बर्दियामा भने मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई सीडीओ बनाएर पठाइएको छ । 

सहसचिव रिजालका अनुसार धनुषाका सीडीओ रामुराज कडरियालाई मन्त्रालयमा तानिएको छ ।

उक्त ठाउँमा सुर्खेतबाट केही दिनअघि मात्रै मन्त्रालय तानिएका शंकरहरि आचार्यलाई सीडीओ बनाएर पठाइएको छ ।

खाली रहेको पाँचथरको सीडीओमा मन्त्रालयकै सहसचिव अरुण पोखरेललाई पठाइएको रिजालले जानकारी दिए ।

पाँचथरका सीडीओ विष्णुप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत बनाइएपछि पाँचथरको सीडीओ पद रिक्त थियो ।

salt training

कमेन्ट गर्नुहोस्