२२ असार २०८३, सोमबार
पतञ्जली जग्गा प्रकरण

माधव नेपालमाथि षड्यन्त्र भएको नेकपा एसको निष्कर्ष, अदालतबाट क्लिनचिट पाउने विश्वास

जेठ २२, २०८२
काठमाडौं
माधव नेपालमाथि षड्यन्त्र भएको नेकपा एसको निष्कर्ष, अदालतबाट क्लिनचिट पाउने विश्वास

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट अध्यक्ष नेपालमाथि षड्यन्त्र भएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष ज्वालाले अध्यक्ष नेपालले यो मुद्दामा अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध षड्यन्त्र खारेज गर्ने सन्देश दिनेगरी फर्किने पनि दाबी गरे । 

‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौ’, बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्राविरुद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि पड्यन्त्रको प्रतिवाद गरिने छ ।’

यस घटनामा अध्यक्ष नेपालले ‘नबिराउनु, नडराउनु’ भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको नेकपा एसले जनाएको छ । त्यसरी नै कानूनी प्रक्रियाको सामना गर्ने दृढता व्यक्त गरिसकेको पनि भुसालले बताएका छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पङ्क्ति र जनसमुदायलाई अनुरोध गरिन्छ’, भुसालले भनेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्