३० असार २०८३, मंगलबार
न्यायाधीशमाथि कालो मसी छ्यापिएको घटना

सेवाग्राहीको भेषमा इजलासमा छिरेका थिए नेकपाका कार्यकर्ता, जनताको कर खाएर जनविरोधी फैसला गर्ने भन्दै छ्यापे मसी

जेठ २९, २०८२
काठमाडौं
सेवाग्राहीको भेषमा इजलासमा छिरेका थिए नेकपाका कार्यकर्ता, जनताको कर खाएर जनविरोधी फैसला गर्ने भन्दै छ्यापे मसी

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा. खुशी प्रसाद थारू र अर्जुन महर्जनलाई नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै कालो मसी छ्यापेका छन् ।

नेपाली कांग्रेसका नेता अफताव आलमसहित ४ जनालाई सफाइ दिने ती दुई न्यायाधीशको बिहीबार पुनः संयुक्त इजलास चलिरहेको बेला नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै पसेर कालो मसी छ्यापेका हुन् ।

उच्च अदालत वीरगञ्जको जनकपुरमा इजलासका रजिष्ट्रार दीपक भण्डारीका अनुसार सेवाग्राहीको भेषमा इजलासमा प्रवेश गरेका नेकपा बहुमतका तीन जना कार्यकर्ताहरूले कालो मसी छर्केका हुन् । 

उनीहरूले ‘जनताको कर खाएर जनविरोधी फैसला गर्ने’ मसी छ्यापेका थिए । ‘भ्रष्टाचार गर्ने र जनताका कर खाएर जनताकै विरुद्धमा फैसला गर्नेविरुद्ध हाम्रो पार्टीले देशव्यापी यस्तै कारबाही गर्छौं’ भन्दै कालो मसी छ्यापेको भिडियोमा देखिन्छ । 

‘३:४५ बजेको समयतिर सेवाग्राहीको रूपमा ती तीन जना कार्यकर्ताहरू इजलासमा प्रवेश गरेका थिए,’ भण्डारीले लोकान्तरसँग भने, ‘मोबाइलमा लाइभ नै गर्दै उनीहरू इजलासमा प्रवेश गरेर श्रीमानहरूमाथि कालो मसी छरे ।’ 

 

ती तीनै जनाको मोबाइलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए । ‘इजलासमा श्रीमानहरूका पीएसओ पनि थिए । तर पनि मसी छर्किनबाट रोक्न सकिएन,’ उनले थपे, ‘अब अहिले सबै श्रीमानहरू कमन च्याम्बरमा बसेर छलफल भइरहेको छ ।’

सुरक्षा चुक भएको स्वीकार गर्दै त्यसै विषयमा अहिले छलफल भइरहेको उनले बताए । पक्राउ पर्नेमा बहुमतका केन्द्रीय सदस्यका प्युठानको गौमुखी गाउँपालिका-६ का किशोर कुँवर (अविनाश), केन्द्रीय सदस्य एवं महोत्तरी इन्चार्ज र सिरहा जिल्ला सदस्य गर्भु महतो रहेका छन् । 

गत जेठ १४ गते न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्