२९ असार २०८३, सोमबार

लोक सेवाप्रति अझ बढ्दै जनविश्वास

असार १, २०८२
काठमाडौं
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास

विसं २००८ भदौ १८ गते छ पदका लागि दरखास्त आह्वान गरेर सेवा सुरु गरेको लोक सेवा आयोगले २०८०/८१ मा मात्रै दुई हजार ६८८ जना योग्य उम्मेदवारलाई सरकारी सेवामा नियुक्तिका लागि सिफारिस गर्‍यो । विज्ञापन गरिएका पद भने तीन हजार ६६० थियो ।

ती पदका लागि चार लाख ७३ हजार ४९० जनाले दरखास्त दिए । स्थापनाको ७५ औँ वर्षमा प्रवेश गरिरहँदा आयोगप्रतिको विश्वसनीयता अझ बढ्दो क्रममा रहेको विज्ञापित पदमा परेका दरखास्त सङ्ख्याले देखाउँछ तर विश्वसनीयतालाई जोगाइराख्न आयोगसमक्ष ठुलो चुनौती रहेको आयोगका पदाधिकारीको भनाइ छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्