३१ असार २०८३, बुधबार

लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद्‌द्वारा स्वीकृत

असार १, २०८२
बुटवल
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद्‌द्वारा स्वीकृत

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

राप्ती उपत्यकाको देउखुरीमा आइतबार  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशसभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेशसभामा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए |

बैठकले 'प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२' लाई स्वीकृति दिएको छ ।

यस नियमावलीले प्रशासनिक सुधार र कार्यक्षमता बढाउने विश्वास लिइएको छ । बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्डमा गरिएको पहिलो संशोधनलाई पनि बैठकले पारित गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्