२२ असार २०८३, सोमबार

हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत

असार ५, २०८२
झापा
हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत

डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई रु एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । 

चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिए । 
कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई रु ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रु एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उनले बताए। निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रु ११ लाख १८ हजार ६२८, हात्तीले २२ वटा घरको क्षति पु¥याएबापत रु चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पु¥याएबापत रु एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पु¥याएबापत रु दुई लाख ७९ हजार ८०० र एउटा पशुधनको क्षतिपूर्तिबापत रु १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा भलले जानकारी दिए । 

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई रु ८७ लाख २४ हजार ५३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्