
पोखरीमा डुबेर बारामा तीन वर्षीय एक बालकको मृत्यु भएको छ ।
कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्नबहादुर तामाङको छोरा ३ वर्षीय युवान तामाङको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।