२२ जेठ २०८३, शुक्रबार

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

असार ८, २०८२
बर्दिया
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका- १० बैदी डेरा गरी बस्ने सोही नगरपालिका- ८ थानफेनाका १९ वर्षीय
वसन्त बीसी छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

वसन्तले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्