२२ जेठ २०८३, शुक्रबार

डेडिकेटेड लाइनको बक्यौता नियम संगत ढंगले चाँडै संकलन हुन्छ– ऊर्जामन्त्री

असार ९, २०८२
काठमाडौं
डेडिकेटेड लाइनको बक्यौता नियम संगत ढंगले चाँडै संकलन हुन्छ– ऊर्जामन्त्री

ऊर्जामन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको डेडिकेटेड लाइनको विद्युत् महसुलको बक्यौता चाडै संकलन शुरू हुने बताएका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफपछि स्पष्टीकरणको जवाफका क्रममा मन्त्री खड्काले लाल आयोगको सुझावका आधारमा प्राधिकरणले बक्यौता असुलीको काम शुरू गर्ने बताएका हुन् । 

‘डेडिकेटेड लाइनको विषय प्राधिकरणले गर्नुपर्ने विषयवस्तु हो । लामो समय अड्किएकोले सरकारले लाल आयोगलाई आधार मानेर प्रक्रियागत ढंगले खपत यकिन गरेर तत्काल पैसा उठाउन निर्देशन दिइएको थियो,’ मन्त्री खड्काले भने, ‘त्यसैअन्तर्गत प्रक्रिया शुरू गर्नुभएको छ, चाँडै बक्यौता नियम संगत ढंगले संकलन हुनेछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्