३० जेठ २०८३, शनिबार

चेक अनादर मुद्दामा दोषी ठहर हुँदा फरार थिए, पक्राउ गरेर अदालत बुझाउन लैजाँदा फेरि भागे

असार ९, २०८२
विराटनगर
चेक अनादर मुद्दामा दोषी ठहर हुँदा फरार थिए, पक्राउ गरेर अदालत बुझाउन लैजाँदा फेरि भागे

मोरङ जिल्ला अदालतबाट दोषी ठहर भएका एक अभियुक्त अदालत पेस गर्ने क्रममा फरार भएका छन् ।

विराटनगर–१३ निवासी ४० वर्षीय विजयशंकर झालाई  जिल्ला अदालतले चेक अनादर मुद्दामा सात लाख रूपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी, डीएसपी कोपिला चुडालका अनुसार झालाई आइतबार मात्रै सुनसरीको दुहबीबाट पक्राउ गरिएको थियो । 

उनलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराउने क्रममा अदालत परिसरबाट फरार भएको डीएसपी चुडालले बताइन् ।

अहिले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्