३१ असार २०८३, बुधबार
मन्त्रिपरिषद्को निर्णय

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सरकारको निर्णय

असार ९, २०८२
काठमाडौं
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सरकारको निर्णय

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

छानबिन समितिलाई ९० दिनको कार्यादेश दिने र समितिमा तीन जना सदस्य रहने तय भएको ती मन्त्रीको भनाइ छ । 

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल माओवादीसहितले छानबिन समितिको माग गर्दै आएका थिए । 

यस्तै बैठकबाट बजेटमा उल्लेखित ‘टेक एण्ड पे’ को नीति हटाउने निर्णय समेत भएको ती मन्त्रीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्