
ललितपुरको महालक्ष्मी नगरपालिका- ५ टीकाथलीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टीकाथलीस्थित ठटिकोट बस्ने ६४ वर्षीय आशाकाजी महर्जन रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।