
भारतीय विदेश मन्त्रालयले इरानमा रहेका थप २८२ जना नागरिकलाई विशेष उडानबाट दिल्ली पुर्याएको जानकारी दिएको छ। उनीहरुलाई बुधबार दिल्ली पुर्याइएको समाचारमा उल्लेख छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भारत सरकारको 'अपरेशन सिन्धु' अन्तर्गत हालसम्म २ हजार ८५८ भारतीयलाई इरानबाट बाहिर निकालिएको बताएका छन्।
इरान र इजरायलबीच द्वन्द्व सुरु भएपछि भारत सरकारले 'अपरेशन सिन्धु' सुरु गरेको छ।