२२ असार २०८३, सोमबार

‘कुलिङ कीर्ते समिति’ भन्न थाले, हामीलाई घाँसखाने सांसद भन्न थाले– ईश्वरी न्यौपाने

असार १८, २०८२
काठमाडौं
‘कुलिङ कीर्ते समिति’ भन्न थाले, हामीलाई घाँसखाने सांसद भन्न थाले– ईश्वरी न्यौपाने
फाइल फोटो

नेपाली कांग्रेसकी सांसद एवं प्रतिनिधिसभाको राज्य व्यवस्था समितिकी सदस्य ईश्वरी न्यौपानेले संघीय निजामती विधेयकका भएको छेडखानीका कारण संसद् र सांसदहरू बदनाम बन्न पुगेको बताएकी छिन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले संघीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएपछि आफूहरूलाई गालीको वर्षा आइरहेको बताएकी हुन् ।

‘हामीले सहमति नगरेको विषय कसरी प्रतिवेदनमा आयो ? कतै तपाईहरू डेलिकेसन लिएर ढोका-ढोका धाएका कारण यस्तो भएको त होइन ?,’ न्यौपानेले भनिन्, ‘समितिलाई कुलिङ कीर्ते र तिमीहरू घाँसखाने सांसद भन्न थाले । कीर्ते गरिएको दिनलाई कालो दिनको रूपमा दर्ज गरिएको छ ।’

जनप्रतिनिधिहरूमाथि कर्मचारीले विश्वास घात गरेका कारण समितिमा छलफल भएको भन्दा विपरीतको प्रतिवेदन बनेको उनले जिकिर गरिन् । ‘विश्वासघातका कारण त्यस्तो दस्तावेजमा सिग्नेचर भएको छ, हामीहरूबीच विश्वासको खाडल सृजना भएको छ,’ उनले भनिन् ।’ 

संसद्‌बाट पारित भएको विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटेपछिको अवस्थाको समीक्षा गर्न राज्य व्यवस्था समितिको बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्