१९ असार २०८३, शुक्रबार

एकीकृत समाजवादीले स्पष्टीकरण सोधेपछि के भन्छिन् रामकुमारी झाँक्री ?

असार १८, २०८२
विराटनगर
एकीकृत समाजवादीले स्पष्टीकरण सोधेपछि के भन्छिन् रामकुमारी झाँक्री ?
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)ले ७२ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेपछि नेतृ रामकुमारी झाँक्रीले आफ्नो धारण १/२ दिनपछि मात्रै सार्वजनिक गर्ने प्रतिक्रिया दिएकी छिन् ।

उनलाई पार्टीले आजै ७२ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएपछि पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने भन्दै उनले कडा अभिव्यक्ति दिएकी थिइन् । सोही अभिव्यक्तिलाई लिएर पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो ।

पार्टीले स्पष्टीकरण सोधेपछि लोकान्तरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, '​केही न केही त गरी नै हाल्छु, तर आज नै कमेन्ट भने नगरौं, १/२ दिनपछि आफ्नो धारणा सार्वजनिक गरौंला ।’

झाँक्रीको सार्वजनिक अभिव्यक्तिलाई लिएर समाजवादीले उनलाई ३ दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो ।

salt training

कमेन्ट गर्नुहोस्