
धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाइनिज इँट्टाभट्टाको खाली घरबाट करिब १३ लाख २० हजार रूपैयाँ बराबरको काजु बरामद भएको छ ।
भारतबाट अवैध रूपले ल्याई सोही स्थानको खाली घरमा लुकाइछिपाई राखेको १ हजार ३ सय २० केजी काजु सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले बुधबार बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माको कमान्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले उक्त काजु बरामद गरेको जनाइएको छ।
सशस्त्र प्रहरीका अनुसार उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन । बरामद काजु जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको छ ।