२५ जेठ २०८३, सोमबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा दुई जना पक्राउ

असार २५, २०८२
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएकी ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएका ३० वर्षीय नारायण लाम्ताङ्गे छन्।

श्रेष्ठले सर्विया पठाइदिने भन्दै तीन जनाबाट २० लाख र लाम्ताङ्गेले ग्रीस पठाइदिने प्रलोभन देखाउँदै एक जनाबाट  १६ लाख ५० हजार ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । 

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठ र लाम्ताङ्गे दुवैलाई मंगलबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले आकर्षक तलब र सुविधाको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम असुली सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्