
काठमाडौं,२३ मंसिर– धादिङको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा एमालेका उम्मेदवार भूमि त्रिपाठी विजयी भएका छन् ।
त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याई विजयी भएका हुन ।
त्रिपाठीले नेपाली काँग्रेसका उम्मेदवार विश्व अर्याललाई २७ हजार १ सय ५३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
त्रिपाठीका प्रतिस्पर्धी अर्यालले २१ हजार ९ सय ६८ मत पाप्त गरेका छन् ।
कुल १ लाख १८ हजार १ सय ५० मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४ सय २३ मत खसेको थियो ।