२२ जेठ २०८३, शुक्रबार

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना पक्राउ

असार २६, २०८२
काठमाडौं
संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना पक्राउ

काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले लोकान्तरलाई बताए । 

पक्राउ पर्नेमा प्राध्यापक विजयबाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थी समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन् ।

असार २४ मा बिहान साढे ९ बजेतिर संसद् भवनमा खसेको अवस्थामा ड्रोन भेटिएको थियो । निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे संसद्‌मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुरा उठाएका थिए ।

टेकस्पायर कलेजले विद्यार्थीहरूलाई ड्रोन निर्माण गर्ने टास्क दिएको र सो ड्रोन परीक्षणको क्रममा संसद् भवनमा खसेको अनुसन्धानबाट खुलेको छ । 

असार २३ मा राति परीक्षण गर्दा सिग्नल लस्ट भएर सो ड्रोन खसेको विद्यार्थीहरूले प्रहरीलाई जानकारी गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्