
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रूपैयाँ १२ पैसा र बिक्रीदर १६० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ २० पैसा र बिक्रीदर १८६ रूपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ २१ पैसा र बिक्रीदर ९० रूपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०६ पैसा र बिक्रीदर १०० रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रूपैयाँ ५० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ११ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २२ पैसा र बिक्रीदर चार रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३० पैसा र बिक्रीदर ३७ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ २१ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ४६ पैसा र बिक्रीदर २१ रूपैयाँ ५५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १७ रूपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ २४ पैसा र बिक्रीदर ४५० रूपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ४० पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।