२९ जेठ २०८३, शुक्रबार

कैलालीमा २ थान पेस्तोल र ११ राउण्ड गोलीसहित तीन जना पक्राउ

असार ३१, २०८२
काठमाडौं
कैलालीमा २ थान पेस्तोल र ११ राउण्ड गोलीसहित तीन जना पक्राउ
फाइल तस्वीर ।

कैलालीमा विभिन्न हातहतियारसहित तीन जना पक्राउ परेका छन् । 

भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय विकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्