२१ असार २०८३, आइतबार

सरकार भ्रष्टाचारमा लिप्त रहिरह्यो भने सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ : प्रचण्ड

साउन १, २०८२
काठमाडौं
सरकार भ्रष्टाचारमा लिप्त रहिरह्यो भने सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न युवाहरूलाई आह्वान गरेका छन् ।

ललितपुरको बालकुमारी चौरमा 'श्रम र उत्पादनमा वाइसीएल अभियान'को औपचारिक उद्घाटनपछि उनले सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरहे बाध्य भएर सडकबाटै आन्दोलन गरेर हटाउनु पर्नेसमेत बताए । 

संसद्‌मा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको उनको भनाइ थियो ।  'यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामीले बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,' उनले भने । 

कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्नेजस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग सहकार्य गरेका थिए । 

कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको उल्लेखनीय सहभागिता थियो । वाइसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ।

पछिल्लो समय सरकारका एकपछि अर्को मन्त्रीहरू घुस प्रकरणमा मुछिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्