
प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधार बस्ने ५० वर्षीया तेजुमाया गुरुङलाई पक्राउ गरी आज सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, 'ज्योति श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज तेजुमाया गुरुङ भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विक्रम संवत् २०७९ साउन १७ गतेको फैसला बमोजिम रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्ति बापत शुल्क रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने ठहर भई फरार रहेकोमा उनलाई आज पक्राउ गरिएको हो ।'
पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडाैं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।