३० असार २०८३, मंगलबार

भीयतनाममा पर्यटकीय डुंगा पल्टिँदा ३४ जनाको मृत्यु, ११ को जीवितै उद्धार

साउन ४, २०८२
काठमाडौं
भीयतनाममा पर्यटकीय डुंगा पल्टिँदा ३४ जनाको मृत्यु, ११ को जीवितै उद्धार

भीयतनामको उत्तरी क्षेत्रस्थित लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ बेमा पर्यटक बोकेको डुंगा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् ।

दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ । डुंगा ‘वण्डर सिज’ नामक जलयात्रा जहाज थियो, जसमा ५३ जना सवार थिए । भीयतनामी सीमा सुरक्षा बल र नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार डुंगा अचानक आएको आँधीमा परेपछि पल्टिएको बीबीसीले जनाएको छ । 

डुंगामा रहेका अधिकांश यात्रुहरू राजधानी हानोईबाट आएका भीयतनामी परिवारहरू थिए ।

उद्धारकर्ताहरूका अनुसार भारी वर्षाका कारण जीवित व्यक्तिको खोजीमा कठिनाइ भइरहेको छ, तर अहिलेसम्म ११ जनालाई जीवितै उद्धार गरिएको छ ।

शनिबार दिउँसो करिब २ बजे स्थानीय समयअनुसार आकाश अन्धकारमय हुँदै हावाहुरी, चट्याङ र असिना पर्न थालेको एक प्रत्यक्षदर्शीले समाचार संस्था एएफपीलाई बताएका छन्। उनका अनुसार औँलाजत्रा ठूला असिना परेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा १० वर्षे बालक डुंगाको उल्टिएको ढाँचा भित्रको हावाको खाली स्थानमा थुनिएको अवस्थामा जीवित भेटिएका छन् । 

हालसम्म उद्धार गरिएका शवहरूमध्ये कम्तीमा आठ जना बालबालिका रहेको त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

अझै बेपत्ताहरूको खोजीका लागि उद्धारकार्य रातभर जारी रहनेछ ।

प्रधानमन्त्री फाम मिन्ह चिन्हले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । दुर्घटनाको कारण छानबिन गरिने सरकारी विज्ञप्तिमा उल्लेख छ।

क्वाङ निन्ह प्रान्तमा अवस्थित हालोङ बे सयौं स-साना टापुहरूले भरिएको युनेस्को विश्व सम्पदा सूचीमा पर्ने स्थल हो । सन् २०१९ मा यहाँ ४० लाखभन्दा बढी पर्यटक आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्