२९ असार २०८३, सोमबार

झापामा एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए, झण्डै तीन करोड राजस्व सङ्कलन

साउन ७, २०८२
झापा
झापामा एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए, झण्डै तीन करोड राजस्व सङ्कलन

झापामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । 

सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताए ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन्  । 

कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए । 

उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ ।  कार्यालयले आव २०८१/८२ मा विभिन्न शीर्षकमा दुई करोड ९१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्