११ साउन २०८३, सोमबार

मातहतका युनिटलाई प्रहरी हेडक्वार्टरको परिपत्र- आरोपीको तस्वीर सार्वजनिक नगर्नू

साउन ७, २०८२
काठमाडौं
मातहतका युनिटलाई प्रहरी हेडक्वार्टरको परिपत्र- आरोपीको तस्वीर सार्वजनिक नगर्नू

प्रहरी प्रधान कार्यालयले कुनै घटनाका आरोपीलाई पक्राउ गरेपछि उनीहरूको तस्वीर र भिडियो सार्वजनिक नगर्न मातहतका युनिटलाई परिपत्र गरेको छ ।

पक्राउ परेका आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दा वा सञ्चार माध्यममा सूचना सम्प्रेषण गर्दा उनीहरूको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न हेडक्वार्टरले परिपत्र गरेको हो । 

गत असार १९ गते महान्यायाधिवक्ता कार्यालयले आरोपितहरूको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराएपछि उसले मातहतका युनिटलाई परिपत्र गरेको हो । 

यद्यपि, कुनै ठूलो जघन्य अपराधमा संलग्न रहेको र त्यस्ता व्यक्तिको तस्वीर, भिडियो सार्वजनिक नगर्दा समाजलाई थप क्षति तथा हानी हुने अवस्थामा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृती लिएर सार्वजनिक गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्