२२ जेठ २०८३, शुक्रबार

यी हुन् चुनाव हार्ने मन्त्रीहरु

मंसिर २४, २०७४
यी हुन् चुनाव हार्ने मन्त्रीहरु

काठमाडौँ, २४ मङ्सिर-   सत्तारूढ दल कांग्रेस र राप्रपाका बहालवाला अधिकांश मन्त्री र राज्यमन्त्रीले हार व्यहोरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत (कांग्रेस) ले सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री अग्निप्रसाद सापकोटासँग १० हजार ७ सय ६ मतान्तरले हार व्यहोर्नुपरेको छ । 

सहरी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत (कांग्रेस) काठमाडौं–३ मा ४ हजार २ सय ८५ मतले एमाले उम्मेदवार कृष्ण राईसँग पराजित भएकी छन् । महिला तथा बालबालिका मन्त्री राप्रपाका विक्रमबहादुर थापा पनि काठमाडौं–७ मा पराजित भएका छन् । एमालेका रामवीर मानन्धरले उनलाई ८ हजार २३ मतान्तरले हराएका हुन् । मानन्धरले २०७० को दोस्रो संविधानसभा चुनाव पनि यही क्षेत्रबाट जितेका थिए । 

वाणिज्य राज्यमन्त्री कांग्रेसका नरबहादुर चन्द बैतडीमा एमाले उम्मेदवार दामोदर भण्डारीसँग ११ हजार २ सय ३३ मतको अन्तरमा हारेका छन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री कांग्रेसकी चम्पादेवी खड्का बागलुङ–१ मा एमाले उम्मेदवार सूर्यप्रसाद पाठकसँग १२ हजार ७ सय ४१ मतको फरकमा पराजित भएकी छन् । कानुन राज्यमन्त्री कांग्रेसका दिलमान पाख्रिनलाई धादिङ–२ मा एमालेका खेम लोहनीले ६ सय ३९ मतले पराजित गरेका छन् । 

यस्तै अर्थ राज्यमन्त्री कांग्रेसका उदयशमशेर राणा पनि ललितपुर–१ मा एमालेका नवराज सिलवालसँग पराजित भएका छन् । ०७० को दोस्रो संविधानसभा चुनावमा आफूले जितेको क्षेत्रलाई राणाले योपल्ट जोगाउन सकेनन्, कान्तिपुरमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्