२१ असार २०८३, आइतबार

सुन्दरीजल खोलामा फसेका ५ तीर्थयात्रीको सकुशल उद्धार

साउन १२, २०८२
काठमाडौं
सुन्दरीजल खोलामा फसेका ५ तीर्थयात्रीको सकुशल उद्धार

काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिकैको खोलामा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई सकुशल उद्धार गरिएको छ ।

गएराति आकस्मिक रूपमा पानीको बहाव बढ्दा खोलाको बीचमा फसेका उनीहरूलाई नेपाली सेनासहितको टोलीले उद्धार गरेको हो ।

नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको टोलीले, अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा ती तीर्थयात्रीहरूलाई उद्धार गरेको हो।

उक्त घटनामा कसैलाई पनि चोटपटक नलागेको र उद्धारपछि सबैलाई सुरक्षित स्थानमा राखिएको सेनाले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्