२२ असार २०८३, सोमबार

प्रकृति संरक्षण आजको प्रमुख चुनौती : प्रधानमन्त्री ओली

साउन १३, २०८२
काठमाडौं
प्रकृति संरक्षण आजको प्रमुख चुनौती : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन् । 

मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गरेका हुन् । 

‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौं,' ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

नागपञ्जमी वातावरण सन्तुलनको प्रतीकको पर्व भएको उनको भनाइ छ । ‘आज नागपञ्चमी : पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ,' उनले लेखेका छन् । 
 
प्रकृतिको संरक्षण गर्ने सन्देश नेपाली समाजको प्राचीन सभ्यता भएको ओलीले स्मरण गराएका छन्  । ‘प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ,' ओलीले सन्देशमा लेखेका छन् । 

आजको दिन घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । ‘हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ, सबैलाई नागपञ्चमीको शुभकामना’, ओलीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्