२२ असार २०८३, सोमबार

गाजामा २ वर्षमा ६० हजार बढीको मृत्यु, २० हजार बढी बालबालिका कुपोषित

साउन १४, २०८२
काठमाडौं
गाजामा २ वर्षमा ६० हजार बढीको मृत्यु, २० हजार बढी बालबालिका कुपोषित
फाइल तस्वीर

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या मंगलबारसम्म ६० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो तथ्याङ्क अक्टोबर २०२३ देखि अहिलेसम्मको हो ।

संयुक्त राष्ट्रसंघको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी)को नयाँ प्रतिवेदनले गाजाको अवस्था अनिकालभन्दा पनि खराब रहेको बताएको छ।

प्रतिवेदनले अप्रिलदेखि जुलाईसम्म २० हजारभन्दा बढी बालबालिकालाई कुपोषणको उपचारको लागि भर्ना गरिएको देखाएको छ, जसमध्ये ३ हजारभन्दा बढी गम्भीर कुपोषित छन्।

गाजा पट्टीका अधिकांश भागमा खाद्य उपभोगको लागि अनिकालको सीमा पार गरिएको छ र गाजा शहरका बालबालिका कुपोषणबाट पीडित छन् । 

युद्ध शुरू भएदेखि, कुपोषणले ८८ बालबालिकासहित १४७ जनाको मृत्यु भएको छ ।

अल जजीराका अनुसार, इजरायलले अहिले पनि गाजामा आक्रमण जारी राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्