३० असार २०८३, मंगलबार

सहकारीको ६ करोड ठगेर फरार भएका केसी पक्राउ

साउन १५, २०८२
बुटवल
सहकारीको ६ करोड ठगेर फरार भएका केसी पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा सञ्चालित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ । 

केसीविरुद्ध शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रूपैयाँ ६७ पैसा ठगी गरेर फरार भएको आरोप छ । 

उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भक्तपुर गठ्ठाघरबाट बुधबार नियन्त्रणमा लिएको हो । 

दोलखा मेलुङ गाउँपालिका–६, डाँडाखर्क घर भएका केसीविरुद्ध जिल्ला अदालतले सहकारी ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको थियो । 

२०८१ वैशाख २० देखि केसी फरार रहँदै आएका थिए । रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाका अनुसार पक्राउ परेका केसीलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्