
धनगढी, २४ मंसिर–कैलाली ५ प्रतिनिधिसभातर्फ एमालेका नारदमुनी राना २७हजार २०२ मत ल्याइ बिजयी भएका छन् । आज आइतबार सम्पन्न मतगणना अनुसार रानाकी निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी डा. आरजु राणाले २२हजार ३२२ मत ल्याएकी छन् ।
रानाले राणासँग चार हजार ८८० मतको मतान्तरमा जितेका हुन् ।
९१ हजार ८१८ हजार मतदाता रहेको यो क्षेत्रमा ६१ हजार ९३४ मत खसेका थिए ।