
प्रहरीले पर्सामा ८ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिका-४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले ८ किलोग्राम ४४० ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा बलुवाबाट देउरवानातर्फ जाँदै गरेको बीआर०५ एजी ६८०५ नम्बरको भारतीय मोटरसाइकलमा उक्त गाँजासहित पर्सागढी नगरपालिका-९, एकटांगा बस्ने ३४ वर्षीय जगमोहन यादवलाई नियन्त्रणमा लिइएको पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए ।
यादवले मोटरसाइकलको सिटमुनि र आफ्नो शरीरमा बाँधिएको उक्त लागूऔषधसहित नियन्त्रणमा लिइएको डीएसपी लम्सालले जानकारी दिए ।