२१ असार २०८३, आइतबार

१७ हजार भनेर बदनाम गरियो, फेरि नयाँ खालको विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्छौं- प्रचण्ड

साउन १८, २०८२
काठमाडौं
१७ हजार भनेर बदनाम गरियो, फेरि नयाँ खालको विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्छौं- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई ‘१७ हजार’ भनेर बदनाम गरिएको बताएका छन् । 

जनताको अधिकार र मुक्तिका लागि भएको माओवादी जनयुद्धलाई गलत ढंगले व्याख्या गर्ने काम भइरहेको प्रचण्डको भनाइ छ । माओवादीको राजनीतिक विचार र एजेन्डालाई कमजोर पार्न चाहनेहरूले गलत प्रचार गरिरहेको उनको भनाइ छ ।

आइतबार बिहान माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अब नयाँ खालको विद्रोह गरेर गलत प्रचार गर्नेहरूलाई परास्त गरिने बताए । 

‘हामीलाई अहिले पनि बदनाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार भनिरहेका छन्, तपाईं हामीले सुन्ने गर्दछौं । हामीले महान सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटी गर्‍यौं, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौं भन्ने समीक्षा गरिएको छ’, प्रचण्डले भने । 

उनले त्यही निष्कर्षको आधारमा फेरि एकपटक आफ्नै वर्गतिर नै जोडिने गरि अभियान थालिएको बताए । सहिद बेपत्ता परिवारहरूसँग नै जोडिने, विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेको प्रचण्डको भनाइ छ । 

‘पार्टी बैठकहरूमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान सहिदहरूका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौं । फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौं’, प्रचण्डले भने । 

salt training

कमेन्ट गर्नुहोस्