३० असार २०८३, मंगलबार

देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट पार्टीबीच एकताको खाँचो छः अध्यक्ष नेपाल

साउन १८, २०८२
काठमाडौं
देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट पार्टीबीच एकताको खाँचो छः अध्यक्ष नेपाल

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन् । 

पार्टी निकट केन्द्रीय निर्वाचन विभागद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट आदर्श, सिद्धान्त तथा साँझा दृष्टिकोण भएका वाम समूहबीच एकता हुनुपर्ने बताए । 

विभिन्न समूहमा छरिएका वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीसँग एकताको प्रयास भइरहेको बताउँदै अध्यक्ष नेपालले समाजवादी क्रान्तिलाई पूरा गर्न शक्ति तथा सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिए । उनले समाजमा भ्रष्टाचार, गरिबी, बेरोजगारी बढेको उल्लेख गर्दै सरकारले सुशासन कायम गर्न संवेदनशील हुनुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्री नेपालले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा विद्यमान समस्या समाधान गरी आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्